लालबन्दी,मंसिर -२५,सर्लाहीको चक्रघट्टका वेपत्ता एक युवक र चन्द्रनगरबाट ठेकेदारले काम गर्न भारत पुर्याएर संकास्पद मृत्यु भएका तीन जनाको परिवारलाई न्याय दिन बहुजन एकता पार्टि नेपालले मागँ गरेको छ ।
शनिवार सर्लाहीको नवलपुरमा पत्रकार सम्मेलन आयोजना गरेर बहुजन एकता पार्टी नेपालले पिडित मुसहर परिवारलाई न्याय दिन मागँ गरेको हो ।
पार्टीका राष्ट्रिय प्रवारी राजाराम पासवानले विगत ६ महिना देखी वेपत्ता चक्रघट्ट–२, का १८ बर्षिय अजय रामको अहिले सम्म कुनै पत्ता नलाग्नु संकास्पद विषय भएको बताए ।
२०७८ जेठ १२ गते सोही स्थानको बेल्ही बस्ने जसोधा देवी र राम विनेश रायले काम गराउन भनेर लगेका राम अहिले सम्म घर नफर्किएका परिवारको भनाई छ । वेपत्ता भए लगतै खोजी गरिएको भएपनि राम फेला नपरेका परिवारको भनाई छ । राम बोल्न नसक्ने रहेका छन् ।
यस्तै, बहुजन पार्टीले केही समयअघि भारतमा मजदुरी गर्न गएर उत्तै शंकास्पद मृत्यु भएका चन्द्रनगर कामदका दुई मुसहर युवा र भक्तिपुरका एक युवकको घटनाबारेपनि छानबिन गरी पीडितलाई न्याय दिन माग गरेको छ ।