हरिवन,मंसिर –२५, सर्लाहीको हरिवनमा शुक्रबार राती एक इलेक्टोनिक पसकाे गाेदाममा आगलागी हुँदा ५० लाख भनदा बढीको क्षति भएको छ ।


हरिवन नगरपालिका–८, का बिक्रम  नेपालले हरिवन नगरपालिका–११, बजारस्थित मधु कुमारी थापाको घरमा सर्टर भाडा लिएर सञ्चालन गरेकाे श्री नेपाल इलेक्ट्रोनिकसकाे पसलकाे गाेदाममा आगलागी भएको हो ।


आगलागी शुक्रबार राती साँढे १ बजेतिर भएको स्थानीय हाेटल व्यवसायी गाेमा कार्कीले बताईन ।
आगलागीबाट घरमा क्षति नभए पनि गाेदाम भित्र बिक्रीका लागि राखिएको टिभी, फ्रिज ,डि फ्रिज,वासिङ मेसिन , एसि लगायतका सरसामग्री जल्दा ५० लाख भन्दा बढीको क्षति भएको पीडित श्री नेपाल इलेक्ट्रोनिकका सञ्चालक समर्पण नेपालले चियाेचर्चाे खबरलाई बताए  ।
आगलागीमा परेर गाेदाम बाहिर पार्किङ गरेर राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको ज २ प ८५७६ नम्वरको हाेण्डा साईन मोटरसाइकल समेत पूर्णरुपमा जलेको छ ।
आगलागी भएको गाेदाममाथि क्षेत्री नै अध्यक्ष रहेको उज्यालो अभियान दैनिक पत्रिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । क्षेत्री कार्यालयमै मोटरसाइकल पार्किङ गरेर केदिदिन अघि काठमाण्डौं गएका थिए ।

आगलागी स्थानीयवासी, दमकल र प्रहरी मिलेर करिव १ घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीको वास्तविक कारण खुल्न नकसेपनि विद्युत् सर्ट भएर भएको हुनसक्ने आशंका गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।