बरहथवा,मंसिर -२२, युवा नेता निरज कार्कीले आफ्नाे उम्मेद्वारी फिर्ता लिएका छन् । उनले यश अघि नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ को लागि सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
कार्कीले उम्मेद्वारी फिर्ता लिएसँगै अब ३ नम्बरकाे क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र संस्थापन ईतरबाट भिखारी रायबीच भिडन्त हुने भएकाे छ । यसअघि लामो समयदेखि संस्थापन पक्षबाट क्षेत्रीय सभापतिको उम्मेद्वारको रुपमा निरज कार्कीलाई अगाडी सार्दै प्रचार प्रसार समेत भईसकेपनि अन्तिम समयमा उक्त पक्षबाट घिमिरेलाई क्षेत्रीय सभापतिको उम्मेद्वार बनाईएपछि कार्कीले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
यद्यपि कार्कीले बुधबार बिहान उम्मेद्वारी फिर्ता लिएका छन् । टिमका लागि आफुले उम्मेद्वारी फिर्ता लिएकाे कार्कीले बताए ।