मलंगवा,मंसिर -१९,सर्लाहीकाे मलंगवामा एक हाेलसेल ईलेक्ट्रिक पसलमा अचानक आगलागी हुँदा पैतीस लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्र.ना.उ.माधब प्रसाद बुढाथोकीका अनुसार आईतवार (आज) अपरान्ह ४:३० बजे मलंगवा नगरपालिका वडा नंं.९ बसपार्क स्थित जलाल अहमदको घरको सटर भाडामा लिई साेहिठाउ बस्ने रामनाथ चौधरीले संचालन गरेको होलसेल ईलेक्ट्रिक पसलमा अचानक आगलागी हुँदा पसल पुर्ण रुपमा जलेको हाे ।
आगलागीबाट अन्यकुनै मानबिय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा साँझ ५:३० बजे नियन्त्रणमा आएकाे सर्लाही प्रहरीका सुचना अधिकृत प्र.ना.उ. बुढाथोकी चियाेचर्चाे खबरलाई जानकारी दिए ।