मनोज यादव/सर्लाही,मंसिर- १८ ,सर्लाहीमा हत्या गरि पानीमा फालिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर निबासी राम ईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको शव फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको खाल्टोमा भेटिएको हाे ।

उनकाे शव घोप्टो परेर आधा पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने(घरामी)काम गर्ने मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे छोरा काम गर्न गएका थिए ।
काम गर्न गएको छोरा अबेर रातीसम्म घर नआए पछि चारै तिर खाेजी गर्दा पनि पत्ता नलागेको र हराएको भोली पल्ट शुक्रवार बिहान खाेज्दा समेत फेला नपरेपछि बेलुका छाेरा फर्केने आस गर्नै काममा गएको बताए ।
दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही ब्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने जानकारी दिएपछि पछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताए। उनकाे हत्या भएको हुनसक्ने परिवारकाे आसंका गरेका छन् ।
घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।