सरिता सापकोटा/,मंसिर-१८, सर्लाहीको बागमतीमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


शनिवार नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) बागमतीको प्रथम नगर सभा मार्फत बागमती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर वाईवाको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष सहितका नवप्रवेशी कार्यकर्ताहरुलाई माओवादी केन्द्रका वरिष्ठ नेता, पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले फुलमाला दोसल्ला र अविर पहिराएर स्वागत गरे । पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले लगाएत पार्टीका कार्यकर्ताहरु रहेका माओवादी केन्द्र सर्लाहीका जिल्ला संयोजक कमल बुडाथोकीले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रका वरिष्ठ नेता, पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो बागमती नगर सम्मेलनले चित्र बहादुर तुम्सिङको अध्यक्षतामा ६० सदस्य नगर कमिटी समेत घोषणा गरेको छ । कमिटिको वरिष्ठ उपाध्यक्षमा रामहरी कोईराला, उपाध्यक्षमा विनिता दहाल र तिलक बहादुर मोक्तान, भुवन प्रसाद निरौला सचिव, सहसचिवमा टंक बहादुर बोहरा, कोषाध्यक्षमा लिला कुमारी मोक्तान र अन्य सदस्यमा चयन भएका छन् । सभामा गाउँ गाउँबाट सयौँको संख्यामा कार्यकर्ताहरु सहभागि भएका माओवादी केन्द्रले जनाएको छ ।

सभा सुरुहुनु पुर्व नगरका १२ वटै वडाबाट आएको नेता तथा कार्यकताको ¥याली सभामा परिणत भएको थियो । बागमती नगरपालिका–४, जिरायतमा सम्पन्न भएको सभाका अतिथिहरुलाई पार्टिकी नव निर्वाचित कोषाध्यक्ष लिलाकुमारी मोक्तानले स्वागत मन्तब्य राखेकिथिईन । घोषणा सभालाई सम्बोधन गर्दे नेता श्रेष्ठले आगामी निर्वाचनमा समेत माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गरे । वरिष्ठ नेता श्रेष्ठले महिला, दलित उत्पिडित, मधेशी, आदिवासी जनजातीहरुलाई अधिकार सम्पन्न बनाउने माओवादीको बलिदानी एक पटक स्मरण गर्न समेत आग्रह गरे ।

यसैविच सभामा बरिष्ठ संगितकार एवं क्रान्तिकारी गायक समेत रहेका चेतन सापकोटाले क्रान्तिकारी गितहरु समेत प्रस्तुत गरे । सभामा स्थनीय कार्यकर्ताहरुको उल्यखनिय उपस्थिती रहको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।