लालबन्दी,मंसिर –१६,तेस्रो पटक काँग्रेसको अधिवेशन गराउन सर्लाही खटिएका निर्वाचन अधिकृत भरत राउत पनि काठमाण्डौं फर्किएका छन् । बिहनै देखि फोन सम्पर्क बिहिन भएका राउताले साँझ आफु काठमाण्डौ आईपुगेको चियोचर्चो खबरसँग बताए ।
उनले पार्टीको दुवै समूहको असहयोगका कारण आफुले कामगर्न नसकेको बताए । दुई समूहबीच भएको पटक–पटकको विवाद र झडपका बावजुत आफुले जिल्लाको करिबकरिब सबैजसो वडाहरुमा अधिवेशन गराई सकेको र बिवादलाई बार्ताको माध्यमबाट समाधान निकालेको उनले बताए ।
बुधबार दिनभर लालबन्दीस्थित होटल यूनाईटेड ईन् डुमडुमेमा बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन ईतर पक्षको वार्ता पछि प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन (भोली) शुक्रवार एकैदिन गर्ने निर्णय भएपनि दुवै पक्षेको बखेडा बाजी नसकिएका कारण आफुले बाँकी अधिवेशन गराउन नसकेकाले, काठमाण्डौं फर्किएको बताए । निर्वाचन अधिकृत राउतले आफू काठमाण्डौं स्थित घरमा पुगिसकेको बताए ।
निर्वाचन अधिकृत फर्किएपछि भोलीका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन नहुने भएको छ । भोली अधिवेशन नभएपनि आर्का निर्वाचन अधिकृत खटिने पक्का भएकाले शनिवार सम्ममा अधिवेशन हुने, संस्थापन पक्षका एक नेताले चियोचर्चो खबरलाई बताए । यता अधिवेश नभएर निरास भएका कांग्रेस कार्यताहरुले अधिवेश गराउन नसक्ने निर्वाचन अधिकृतले राकम कुम्ल्याएर हिड्नु दुःखको बिषय भएको बताएका छन् ।