लालबन्दी,मंसिर – १२,नेपाली कांग्रेस सर्लाहीकाे आज (आईतवार ) भएको वडा अधिवेशनमा जिल्लाका धेरै वडामा सहमतिबाटै नेतृत्व छनाेटकाे प्रक्रिया अघि बढिरहेको छ ।वडा स्तरमा सहमतिकै माध्यमबाट वडा सभापतिसहित कार्य समिति र क्षेत्रीय प्रतिनिधिकाे प्रक्रिया अघि बढी रहदा आफुले पनि सहमतिकै लागि क्षेत्रीय प्रतिनिधिकाे दावेदारी छाडेको विपि काेईराला युवा नेतृत्व मञ्चका सर्लाही अध्यक्षसमेत रहेका युवा नेता ठाकुर प्रसाद बख्रेल (मनोज ) ले बताए ।

उनलेे एक प्रेस मार्फत आफू नेपाली कांग्रेसको एक जिम्मेवार क्रियासिल सदस्यको भूमिका र दायित्व प्रति प्रतिबद्ध रहेकाे उल्लेख गरेका छ ।
उनलेे सामाजिक न्याय सहित सम्मानजनक जीवन व्यत्तित गर्ने राष्ट्र बनाउन अनवरत संघर्ष गरेका तमाम नेपाली कांग्रेसका सस्थापक नेताहरुको जीवनी र संघर्षका यात्राले कांग्रेसको सदस्य बन्न प्रेरित गरेको विज्ञप्तिमा भनेका छन् ।


(उनले विज्ञप्ति उल्लेख गरेकोे बाकी अंस )
कलिलो उमेर देखिनै यसको विचार र लक्ष्य संग परिचित छु । नेपाली कांग्रेस आफ्नो चौधौ महाधिबेसनको महा अभियानमा छ ,पूर्णतया महाधिबेशन र मातहतका अधिबेशनको सफलताको शुभकामना ब्यत्त गर्दछु । महाधिबेशनको महासंग्राममा सबै बिजयी हुन्छन भन्ने पनि छैन र सबैको पदीय विजय मात्रै उपलब्धि हो भन्ने मेरो बुझाइ पनि होइन । म हरेक क्षेत्रमा सम्भावना छ भन्ने सोच राख्ने एक युवक हु । मलाइ मेरो कांग्रेसले आफ्ना कुराहरु निसंकोच राख्न सक्ने अभिव्यत्ति स्वतन्त्रताको बारेमा राम्रो बुझाएको छ भने नेपाली कांग्रेस एक परिस्कृत विचार हो भन्ने सिकाएको पनि छ । मेरो धारणा सबै समेटिने र आपसी द्वन्द मेटिने गरि अधिबेशन सम्पन्न होस् भन्ने छ । आपसी तिक्तता राखेर मनमुटाव गरेर दन्तबजानमा उत्रियर कुनै मुकाममा पुग्न सकिन्छ भन्ने मेरो बुझाइ पटक्कै छैन यस अर्थ म द्वन्दात्मक मनसायबाट अगाडिको उदेश्य हिन यात्रामा लम्किने प्रयास गर्दिन । प्रसंग को गलत अर्थ नलाग्ने हो भने नेपाली कांग्रेस लालबन्दी नगरपालिका वडा न ९ को वडा अधिबेशन विधिवत रुपमा सकिएको छैन तर आम सहमतिमा जे गरियो अतिनै स्वागत योग्य छ । सहमतिका नाममा थुप्रै साथीहरुले देखाउनु भएको उदारता,त्याग, सहयोग, समर्पण र समर्थन प्रसंसनिय छ । उक्त सौहार्दता प्रति म सम्पूर्ण क्रियासिल साथीहरु प्रति आभारी छु । हाम्रो वडामा अधिबेशनका क्रममा सबै राम्रो हुँदा हुदै पनि केहि निहित निशेषवादी मनायाय ले मेरो उम्मेदवारी विवादित बनाउने प्रपन्च गरियो । त्यस प्रति मेरो गहिरो ध्यानाकर्षण भएको छ । म एउटा ढोका बन्द हुँदा अरु थुप्रै सम्भावनाका ढोकाहरु खुलिरहेका हुन्छन भन्ने कुरामा विस्वस्त छु । त्यसैले मैले “ म र मेरो यो सामान्य र उदेश्यपूर्ण राजनैतिक यात्रामा पूर्णविराम लागेको महसुस गरेको छैन” यो एक अल्पविराम हो।,जहा बाट सम्भावनाका थुप्रै शब्दहरु खोज्न सकिन्छ । मैले मात्रै सहमति नगर्दा साथीहरुको मनमा सहमतिको बाधक यहि नै पो होकी भन्ने लाग्न सक्छ , सबै कुराहरु समय संगै चिरिदै र बुझिदै जानेछन तर यही केवल क्षेत्रिय प्रतिनिधिकै नाममा अल्झिएर ,झुन्डिएर,मरिहात्ते गरेर सहयात्री साथीहरुको भावनामा प्रहार गरेर अगाडिका दिनहरुमा कुनै ठुलो मान्छे बन्ने रहर म मा छैन । म त सबै साथीहरुको सहयोग र समर्थनमा यस वडाको प्रतिनिधित्व गर्दै अगाडीको नेतृत्व लिन चाहाने क्रियासिल सदस्य हुँ । मैले निश्चित योजना र राजनैतिक लक्ष्य राख्न पर्दछ यस अर्थ –“मैले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? ”भनेर साझा उम्मेदवारीको घोषणा गरेको थिए । यस अघि मन धेरै दिनु भयो मत अलिक कम भयो यस पटक मत र मन दुवै थिय तर मतदान थिएन। सहमतिका लागि पर्याप्त आधार भित्र पर्न सक्दा सक्दै पनि केहि निश्चित परिवेस संग विवेक बन्दकी राख्न सकिएन त्यसैले यस पटक देखिएको विवाद समाधानका लागि उम्मेदवारी नराख्ने निर्णय गरेको छु । उच्च मनोवल राख्नु भएका क्षेत्रिय प्रतिनिधि साथीहरुलाई समर्थन गर्दै मेरो वडामा क्षेत्रिय प्रतिनिधिको आकाक्षा नरहेको जानकारी गराउँदछु ।सम्पूर्ण साथीहरु !तपाईंले देखाउनु भएको प्रेम, राख्नु भएको सुभेच्छा र सद्भाव मेरालागि अमुल्य सम्पति हुन । यस पटक अगाडी बढ भनेर दिनु भएको हौसल्ला पुरा गर्न आजकै दिन बाट आगामी दिनमा संगठनिक कार्य गर्ने नै छु । म मेरो जीवनमा तपाइँहरुले स्वस्छ मनले गर्नु भएको सहयोग लाइ सकेसम्म ठेस लाग्न नदिन प्रयत्नरत रहन्छु । यस पटक भने क्षेत्रिय प्रतिनिधिको रुपमा रहेको मेरो दावेदारी अगाडी बढाउँन असमर्थ रहेको वा रहेको दावेदारी फिर्ता गरेको व्योहोरा अनुरोध छ ।
धन्यवाद, जय नेपाल ।