लालबन्दी,मंसिर – १०,सर्लाहीको लालबन्दीमा शनिवार (आज) कवि एवम् समालोचक नेत्र एटमकाे “प्रिय माैनता” (उपासना कविता ) संग्रहकाे विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अचुत अधिकारीकाे अध्यक्षता तथा क्याम्पस प्रमुख बाबुराम दाहालकाे प्रमुख आतिथ्यतामा जनज्योति बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा कवियत्री रेणुका जिसी,कवि द्वय कवि सुवेदी र कृष्ण दाहालले “प्रिय माैनता”कृति माथि समालाेचकिय टिप्पणी गरेका थिए ।
कार्यक्रममा समालोचकिय टिप्पणी गर्दै, कवियत्री रेणुका जिसीले ध्यानमार्गबाट प्रवाहित कविता रहेका,अन्धगल्छिमा सुनिने कालीगण्डकीको सुस्याइ जस्ता, समुद्रको प्रवाहजस्ता कविताहरू रहेको बताउदै कविताहरु सुत्रात्मक भएकाले एकैखालको लाग्ने बताईन। उनलेे विषयमा बिबिधता भएपनी उस्तैखालको प्रस्तुतिले गर्दा रिपिटेसनको अनुभूति हुन आउँने टिप्पणी गरिन।
अर्का सर्जक कवि सुवेदीले प्रिय माैनतामा प्रेम र समर्पण रहेकाले याे पाठककाे तृष्णा मेट्ने खालकाे रहेको तर्क गरे ।
आफ्नो समालोचकिय टिप्पणी प्रस्तुत गर्दै अर्का सर्जक कृष्ण दाहालले कवि एवम् समालोचक नेत्र एटमले “प्रिय माैनता” मार्फत नेपाली साहित्यमा ( उपासना)काे धारलाई भित्र्याउने काम गरेकाे बताए ।
कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद्का सचिव सुमन घिमिरेले स्वागत मन्तव्य राखेका थिए । जनज्योति क्याम्पसका सहप्राध्यापक बैकुण्ठ पाैडेलले गद्यकविताकाे विगत देखि बर्तमन सम्मका विभिन्न आयामका बारेमा चर्चा गर्दै,कवि एवम् समालोचक नेत्र एटम एक दुर्लभ प्रतिभा मध्येका एक रहेकाे बताए ।
कार्यक्रममा उपस्थित कवि कवियत्रीहरूले कवि नेत्र एटमकाे “प्रिय माैनता” (उपासना कविता ) संग्रहमा संग्रहित कविताहरू वाचन गरेका थिए ।
सर्लाहीका प्रसिद्ध गजलकार विवश पाैडेलले सञ्चालन गरेकाे कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अचुत अधिकारी तथा सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटाले कवि नेत्र एटमलाई सम्मान पत्र तथा मायाको चिनाेले सम्मानित गरेका थिए ।