लालबन्दी,मंसिर -१०,प्रदेश नं. २ भूमि व्यवस्था तथा सहकारी मन्त्रालय की सचिव डा. नम्रता सिंहले सहकारी एकिकरणमा जाेड दिएकी छिन् ।
जनहित वचत तथा ऋण सहकारी संस्था लालबन्दी १७ काे शनिवार सम्पन्न १४ औं साधारण सभाका अवसरमा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकी सचिव सिंहले यस्तो बताएकी हुन ।
उनले सहकारीहरू शेयर सदस्य मैत्री हुनुपर्नेमा जाेडदिदै सेवाभाकासाथ अघि बढ्न आग्रह गरिन ।


संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाकाे अध्यक्षता लालबन्दी ७ मा रहेको पाटीप्यालेसमा सम्पन्न साधारणसभामा बाेल्दै कार्यक्रमकाे बिष्ट अतिथि लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले,जनहित सहकारीले लालबन्दी नगरभित्र रहेका र एकै उद्देश्य भएका सहकारी एकिकरणकाे नतृत्व लिनुपर्ने बताउदै, जनहित नगरकै उत्कृष्ट सहकारी भएको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि डा. सिंहले जनहितले लालबन्दी ७ मा सञ्चालनमा ल्याएको सेवा केन्द्रकाे समेत आजै उद्घाटन गरिन । कार्यक्रममा प्रमुख अतिथि सिंहलाई अध्यक्ष तिमल्सिनाले मायाको चिनाे प्रदान गरेका थिए ।


जनहितले आर्थिक वर्ष ०७७/०७८ मा १४ कराेड २५ लाख ४ हजार ७ सय ५६ रूपैयाँ २७ पैसा बराबरको काराेवार गरि १८ लाख ४४ हजार ६ सय सन्ताउन्न रूपैयाँ ८० पैसा सुद मुनाफा कमाउन सफल भएको
संस्थाका प्रवन्धक प्रदिप तिमल्सिनाले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


संस्थासँग हाल १२ कराेड ९२ लाख ८५ हजार ७ सय ९० रूपैयाँ ७१ पैस शेयर पुँजी रहेकाे प्रवन्धक तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा लालबन्दी वडा नं. ४ का वडाध्यक्ष साेमप्रसाद वराल ,ईश्वरपुर १२ का वडाध्यक्ष नागेन्द्र पाख्रिन,संस्थाका सञ्चालक तथा बहुसंख्यक शेयर सदस्यहरूकाे उपस्थिति रहेको प्रवन्धक तिमल्सिनाले जानकारी दिए ।