लालबन्दी,मंसिर- १०,सर्लाहीमा आसन्न १४ अधिवेशनका सन्दर्भमा पटकपटक भईरहेकाे विवादले निकास पाएकाे छ ।
जिल्ला अधिवेशन गर्न अनिवार्य वडा अधिवेशन गर्नुपर्ने नेपाली कांग्रेसकाे विधानले गरेकाे व्यवस्था अनुसार वडा अधिवेशन गर्न विवादका बुदाहरूमा शुक्रवार (आज) वार्ताबाट निकास निकालिएको छ ।
अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच लालबन्दीस्थित होटल यूनाईटेड ईन डुमडुमेमा राति ९: ३० सम्म वार्ता भएको थियोे ।
वार्तामा पूर्व जिल्ला सभापति लक्ष्मण राय समुहले अघि सारेको क्रियाशील विवादका विषयमा छलफल भएको छ । छलफलमा यश अघि पार्टी केन्द्रीय कार्यालयमा सहमति हुनुपूर्व प्राप्त क्रियाशील सदस्य काे सूचिलाई मान्यता दिने र थप भएका क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा सहभागी गराउने सहमति भएको छ । याे सहमतिसँगै अब निर्वाचनको प्रक्रिया अघि वड्ने भएको हाे ।
जसअनुसार मंसिर १२ गते (आाईतवार ) वडा अधिवेशन गर्ने,प्रदेश अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन गर्ने र नसरेमा प्रदेश क्षेत्रकाे अधिवेशन गर्ने ,१५ गते क्षेत्रीय अधिवेशन र १७ गते जिल्ला अधिवेशन गर्ने सर्वसम्मति भएको निर्वाचन अधिकृत राउतले बताए ।
वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, अर्का आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह,३ नं क्षेत्रका क्षेत्रीय सभापति पुन्यहरी घिमिरे , लालबन्दी ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने सहभागी भएका थिए ।
त्यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवली राय,सचिव नवीन अधिकारी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय र नेता बलीराम झा ,रविन्नदन चाैधरी वर्तामा बसेका थिए ।
निर्वाचन अधिकृत राउतले आज (शनिवार ) वडा अधिवशेन गराउने प्रयास गरेपनि क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन हुन सकेन् ।
आज (शुक्रवार) भएको वार्ता पछि भाेली (शनिवार )
प्रक्रिया अघि बढ्ने र आईतवार निर्वाचन हुने निर्वाचन अधिकृत राउतले बताए ।
सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूह अर्थात संस्थापन पक्ष र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अर्थात संस्थापन ईतर पक्षका हुन् ।
दुई समूहबीच केन्द्र र जिल्लामा समेत गरी अधिवेशन गराउने पटक–पटक सहमती भएपनि अन्तिममा आएर सहमती भाँडिने गरेको छ । जसले गर्दा अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन् ।
पटक–पटक वडा अधिवेशनको मिति तोकेर पनि स्थगित हुँदा कांग्रेस सर्लाहीका आम कार्यकर्ता निराश भएका छन् । अझै पनि अधिवेशन नहुनेहाेकी भन्नेमा आम कर्याकर्ता ससंकित छन् ।