लालबन्दी,मंसिर —१०,सर्लाही जिल्ला अदालत मलंगवाले चोरी मुद्दामा दोषी ठहर गरी फैसला सुनाएसँगै २२ वर्षदेखी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिलाको पर्सा गाउँपालिका वडा नं. १ बस्ने मुनिया भनिने कलम हुसैन रहेका प्रहरीले जनाएको छ ।
हुसैनलाई सर्लाही जिल्ला अदालतले २०५६ असार २२ गते १ महिना कैद र ३५ हजार जरिवाना तोकेको थियो ।
अन्सारीलाई अदालतको आदेश अनुसार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरी प्रवक्ता प्र.ना.उ.माधब प्रसाद बुढाथोकी जानकारी दिए ।