काठमाडौं,मंसिर -९, शंकर रायमाझी नेकपा माओवादी केन्द्र निकट सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष चयन भएका छन् । बिहीबार (आज) काठमाण्डाैमा सम्पन्न सम्पर्क समवन्य समितीको बृहत सम्मेलनबाट रायमाझीकाे अध्यक्षतामा ५५ सदस्यिक कमिटी गठन भएको हो ।
नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ को अध्यक्ष प्रल्हाद बुढाथोकी तथा शिक्षा राज्य मन्त्री बोधमाया यादव प्रदेश नम्बर २ सम्पर्क समन्वय समिति अध्यक्ष सुनिता यादव लगाएको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीमा उपाध्यक्षमा मणि आचार्य ,रमेश वाग्ले, घनश्याम माझी ,सचिवमा शम्भु नेपाल ,सह-सचिब ई. चन्दन सिंह “कुन्दन” कोषाध्यक्ष रन्जु कार्की सहित अन्य रहेका छन् ।