लालबन्दी,मंसिर – ८, नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन पर्सी (शुक्रवार) हुने भएको छ ।
सर्लाहीका लागि खटाइएका निर्वाचन अधिकृत भरत राउत बुधवार रातीसम्ममा आइपुग्ने भएका छन् । अपरान्ह ४ बजेको टिकट काटेपनि विमान डिले भएकाले आफुलाई आउन ढिलाइ भएको निर्वाचन राउतले चियाेचर्चाे खबरसँग बताए ।
निर्वाचन अधिकृत राउतका अनुसार जिल्ला आएपछि भोली (बिहीवार) बाट पार्टीका दुवै पक्षका नेता तथा वडा स्तरमा खटिने मतदान अधिकृत शिक्षकहरु लगायत सबै सरोकारवालाहरुसँग निर्वाचन प्रक्रिया र निर्देशिका लगायतकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
उनका अनुसार पर्सी शुक्रवार वडा अधिवेशन गराउने र १४ औँ महाधिवेशनलाई लक्षित गरी वडा, क्षेत्र र प्रदेशको मात्रै निर्वाचन गराईने बताए । पालिका र जिल्ला अधिवेशन अहिले हुने छैन ।
विवाद भएपछि केन्द्रीय कार्यालय काठमाण्डाै पुगेका सर्लाही काँग्रेसका दुवै समूहका नेताहरुलाई सहमतीमा ल्याएर हिजोमात्रै काँग्रेस केन्द्रीय निर्वाचन समितिले सर्लाहीको अधिवेशन गराउन सर्लाहीनै घर भएका राउतलाई तेस्रो पटक नयाँ निर्वाचन अधिकृतको रुपमा खटाएको हो ।
यसअघिका दुई जना निर्वाचन अधिकृत दुई समूहको विवादका कारण अधिवेशन गराउन नसकेर फर्किएका थिए