बागमती –सर्लाहीको बागमतीमा टाटासुमोले ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलवार साँझ बागमती नगरपालिका–१०, केराबारीमा कर्मैयाबाट बरहथवातर्फ गइरहेको बीआर ०५ पीए ७१९९ नम्वरको टाटासुमोले ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका–७, का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको हो ।
दुर्घटना लगत्तै देव मोक्तानलाई नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए,भने मिलन ब्लोनलाई थप उपचारका लागि गण्डक हेल्थ केयर वीरगञ्ज पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परेको टाटासुमो, त्यसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।