लालबन्दी,मंसिर -७,नेपाली कांग्रेस सर्लाहीको अधिवेशन मंसिर ९ अथवा १० गते हुने भएको छ ।
विवाद चरम उत्कर्षमा पुगि निर्वाचन अधिकृतलाई आक्रमण भएपछि यसअघि मंसिर २ गते वडा अधिवेशन, ५ गते पालिका, प्रदेश सभा अधिवेशन ८, संघिय अधिवेशन १० गते र जिल्ला अधिवेशन मंसिर १२ गते हुने गरि भएको सहमति अनुसार प्रक्रिया अघि बढ्न सकेको थिएन ।
केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि आज (मंगलवार ) केन्द्रीय समितिले जिल्लाका दुवै समूहलाई सहमतिमा ल्याएको हो ।
सहमति भएसँगै सर्लाहीमा काँग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउतलाई खटाइएको छ ।
सर्लाहीमा वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएसँगै कांग्रे अधिवेशन प्रक्रियानै सुरु हुन सकेको थिएन् ।
केन्द्रीय निर्वाचन समिति क्षेत्र नं. १ कालाई क्षेत्र नं. ३ तथा क्षेत्र नं. ३ कालाई क्षेत्र नम्वर १, क्षेत्र नं. २ कालाई क्षेत्र नंं. ४ र क्षेत्र नं. ४ कालाई क्षेत्र नं. २ मा खटाएको छ ।तर कुन मतदान अधिकृतलाई कुन वडा प-र्यो भन्नेबारे खुलाईएकाे छैन । वडा स्तरमा मतदान गराउन कांग्रेस निकट शिक्षक संघमा आबद्ध शिक्षकरुलाई मतदान अधिकृतको रुपमा खटाइने छ । निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब काँग्रेसको वडा अधिवेशन मंसिर ९ अथवा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिए ।
बुधबार सम्ममा नयाँ निर्वाचन अधिकृत सर्लाही आउने र मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिएपछि अधिवेशन प्रक्रिया अघि बढ्ने जिल्ला सभापति रायले बताए।
जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले अधिवेशन गराउन नसकेर यसअघि दुई पटक खटाइएका निर्वाचन अधिकृत राजिनामा दिएर फर्किएका थिए ।