एसपी यादव/मलंगव,मंसिर -४,जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला कार्यसमिति सर्लाहीद्वारा शनिबार (आज) आयोजित एक कार्यक्रमका बिच संघीय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।
पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले, सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न ,पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवम् स्तरिय सेवा प्रवाह गर्न पार्टी कार्यालय स्थापना भएकाे बताए ।
उद्घाटन समारोह कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद संजय कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र राय, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।