एसपी यादव/सर्लाही, मंसिर- ४ ,ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मलंगवाद्वारा शनिबार आयोजित सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सवको समुद्घाटन समारोह लाई ड गर्दै संघीय सरकारका माननीय कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता अपरिहार्य रहेको बताएका छन् । समाजमा मेलमिलाप र धार्मिक सहिष्णुतालाई बलियो बनाउनमा ब्रह्माकुमारी राजयोगको ठूलो योगदान रहेको मन्त्री यादवले बताए ।
बहुआयामिक उदेश्यका साथ अगाडी बढ्दै गरेको यस राजयोगले सादा जीवन र उच्च विचारको मार्ग जिवनको मुख्य मार्ग भएको र सो मार्गमा समाजलाई ल्याएर समाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेको समेत मन्त्री यादकाे भनाइ थियोे ।
धर्मले हामिलाई बाड्ने काम गरेको र मानवताको धर्म मात्र मूल धर्म भएको बताउदै मन्त्री यादवले, आपसी वैमनस्यता र दुरिलाई जोड्ने काम ब्रह्माकुमारी राजयोगले गर्दै आएकोले समाजमा सद्भाव र प्रेमको वातावरण स्थापित गर्नमा आ आफ्नो ठाउँबाट सबैजना लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री यादवले समुद्घाटन समारोहको औपचारिक सुरुवात गरेका थिए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मलंगवाले एक कार्यक्रमको आयोजना गरि सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सव समारोह शनिबार धुमधामका साथ मनाएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी राज दादिको सभापतित्वमा भएको समुद्घाटन समारोह कार्यक्रममा विशिष्ट अतिथी सर्लाही निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद मा. संजय कुमार यादव रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नपाका मेयर निरसल साह, कबिलासी नपाका मेयर कौशल किशोर यादव, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईं, डा. अब्दुल रहिम मिकरानी, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, पुर्व कैम्पस चिफ कृष्ण देव यादव, उद्योगी संजय गुप्ता, पुष्प रन्जितकार लगायत नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार, राजयोगका पदाधिकारीहरु र स्थानीयकाे बाक्लो उपस्थिती रहेको थियो ।