हरिवन,मंसिर -४,हरिवन नगरपालिका का मेयर गणेश प्रसाईले औद्योगिक ग्रामकाे शिलान्यास गरेका छन् ।
मेयर प्रसाईंले आफ्नै प्रयासमा नदी नियन्त्रण गरिएको हरिवन ११ मा रहेको चापिनि नदीउकास क्षेत्रमा शनिवार (आज)औद्योगिक ग्रामको शिलान्यास गरेका हुन ।
एउटै छानामुनि औद्याेगिक ग्राम निर्माण गर्दा रोजगारी सृजना हुने र यसले स्थानीयकाे आयस्तरमा सकारात्मक प्रभाव पार्ने भएकाले आफू औद्योगिक ग्राम निर्माणमा अग्रसर भएको मेयर प्रसाईले बताए ।
हरिवन नगरपालिकाले गएको आर्थिक वर्षमा संघिय सरकारबाट प्राप्त १ करोड रकमबाट नदी नियन्त्रणको लागि पर्खाल लगाउने काम सम्पन्न गरेकाे छ ।
झण्डै ८ बिगाह क्षेत्रफलमा फैलिएकाे उक्त नदीउकास क्षेत्रमा स्थापना हुने औद्याेगिक ग्रामले हरिवन नगरपालिकामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थित गर्न सहज हुने मेयर प्रसाईंले बताए ।
स्थानीय उत्पादनलाई बढबा दिने व्यावसाय सञ्चालन गर्न २९ वर्षका लागि व्यवसायीहरुलाई जमिन भाडामा लगाउन लागिएको मेयर प्रसाईंले बताए ।
संघीय सरकारको एक स्थानीय तह एक औद्याेगिक ग्राम नीति अन्तरगत नै आफुहरू औद्योगिक ग्राम बनाउने अभियानमा जुटेको मेयर प्रसाईले बताए ।