सर्लाही प्रहरीले करिव ६ बिगाहामा लगाईएकाेअवैध ५० हजारकाे बाेट नष्ट गरेको छ ।
आईतवार जिल्लाको चुरे क्षेत्रका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपाल प्रहरी र शस्त्र प्रहरीकाे संयुक्त टोलीले
लालबन्दी नगरपालीका वडा नम्बर १४ को , मटरखोला, हात्तिसुँडे, तोरीबारी, कामिटार मटरदोभान र ब्रह्मस्थानमा क्षेत्रका स्थानीयवासीले करिव ६ बिगाहामा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठूलो क्षेत्रमा गाँजाखेती लगाएको छ, भन्ने सूचनाकाे आधारमा नेपाल प्रहरी र शस्त्र प्रहरीकाे संयुक्त टाेली त्याहाँ पुगेको थियोे ।
सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं. गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनबाट सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रमा खटिएको थियोे ।
नेपाल प्रहरीसंगै सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जनाकाे टोली गाँजाखेती नष्ट गर्न खटिएको थियोे ।
करिब ५० हजार बाट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।