प्रतिकात्मक तस्विर ।

सर्लाही ,कार्तिक- २९, अख्तियारको दुरुपयोग अनुसन्धान आयोग बर्दिबासकाे टाेलिले सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर ११ बेलाका २ जना वडा सदस्यलाई पक्राउ गरेको छ । उनिहरूलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार कार्यालय  बर्दिबासले जनाएको छ।

उनिहरूलाई पूर्व सूचनाको आधारमा खटिएको अख्तियारकाे टाेलिले सर्लाहीको लालबन्दी– ७ कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको अख्तियार कार्यालय बर्दिबास जनाएको छ । 
ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए बापत लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।