एसपी यादव/ ब्रहम्पुरि , कात्तिक- २७ , जिल्लाको ब्रहम्पुरि गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको रामजानकी मन्दिर परिसरमा नवनिर्मित विवाह भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भवनको उद्घाटन गरेका हुन् ।
मन्त्री यादवले शनिवारनै सर्लाही जिल्लाको ब्रह्मपुरि नयाँ शहर आयोजना अन्तर्गत “भेल्हि- त्रिभुवननगर सडक निर्माण आयोजना” को शिलान्यास समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, जसपाका केन्द्रीय सदस्य भाग्य नारायण राय, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र स्थानीयकाे उपस्थिती रहेको थियो ।