लालबन्दी,कार्तिक -२५,उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसवर्षको छठ पर्व सकिएको छ।
सूर्यको उपासना गरी मनाइने याे पर्व छठ बिहीवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।
उदाउँदो सूर्यलाई अर्घ्य दिन सर्लाहीसहित विभिन्न जिल्लामा भक्तजनहरू नदी, तलाउ र पोखरीका किनारमा बुधवार रातभर जाग्राम बसेका थिए ।


छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधनाकासाथ अर्घ्य दिएका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिन सर्लाहीकाे ,बागमती,फुल्जाेर,कालिन्जाेर,बेतिनी,डुमडुमे देवालय परिसर ,लखनदेही,नाढीताल,विभिन्न मानव निर्मित पाेखरी तथा नहरहरूलगायत नदी तलाउमा व्रतालुहरुको बाक्लो उपस्थिति थियो ।

उनिहरूले नदी तलाउलाई दुलही झैँ सिङ्गारेका थिए। पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।