बलरा,कार्तिक -२४,नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश नं.२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह र कांग्रेस सचेतक एवम् प्रदेश सांसद उपेन्द्र कुशवाहले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकालाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

नेताद्वयले बुधवार (आज) बलरा नगरपालिका वडा नं. १० सुदामामा आयाेजित एक कार्यक्रमकाबिच लोसपा र माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका ५० भन्दा बढीलाई आफ्नो पार्टीमा स्वागत गरेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले जनाएको छ ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा बलरा नगरपालिका वडा नं. १० सुदामाका लोसपा नेता इन्द्र भुषण कुसवाहा र माओवादी केन्द्रका चुनचुन भण्डारी लगाएत छन् ।
कुसवाहा र भण्डारीसहित कांग्रेस प्रवेश गरेकालाइ नेताद्वयले फुलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका सर्लाही क्षेत्र नं.४ (ख) का प्रदेश क्षेत्रीय सभापति अशाेक कुमार सिंहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।