कृष्ण थपलिया /हरिवन,कार्तिक – २४,सविधानसभा सदस्य नरेन्द्र साहले बुधबार (आज) सर्लाहीको हरिव -५ घुर्काैलिमा रहेकाे द्वन्द्व पिडीत बालगृहमा खाद्यान्न सहयोग गरेका छन् ।
सविधानसभा सदस्य साहले ठछकाे अवसर पारी बालगृहमा पुगेर १५ बाेरा चामल, २ बाेरा आलु,तेल,नुन चाउचाउ लगाएका खाद्यान्न सहयोग गरेका हुन् ।


उनलेे काठमाण्डाैमा रहेको पराेपार अनाथाश्रममा आश्रति बालबालिकाले मिहिनेत गरेर पढि डाक्टर,ईन्जिनियर भएको उदाहरण दिदै ,बालगृहमा आश्रति बालबालिकालाई मिहिनेत गरेर अध्ययन गर्न आग्रह गरे ।
सविधानसभा सदस्य साहले बालगृहमा खाद्यान्न अभाव लगाएत कुनै पनि अप्ठ्यारो अवस्था सृजना भए आफुलाई जानकारी गराउन आग्रह गर्दै, आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
खाद्यान्न सहयोग कार्यक्रममा बालगृहका संस्थापक एवम् नेकपा समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री लगाएत अन्य सञ्चारकर्मीकाे उपस्थिति रहेको थियो ।
खाद्यान्न सहयोग गर्न पुगेका सविधानसभा सदस्य साहलाई बालगृहमा आश्रति किशोरी मन्जु शान्तिले स्वागत तथा धन्यवाद ज्ञापन गरेकी थिईन् ।