धनकाैल,कार्तिक -२३,प्रदेश नं. २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले मंगलवार (आज)आफ्नो क्षेत्रका १००० बढी विपन्न नागरिकलाई कपडा वितरण गरेका छन् ।

मन्त्री सिंहले बसबरिया गाउँपालिकन वडा नं. २ र ३ बरहथवा नगरपालिका वडा नं.२ र १३ का विपन्न परिवारलाई छठमा लगाउन (कपडत ) साडी वितरण गरेका हुन् ।

विगतका वर्षहरूमा जस्तै यश वर्ष पनि आफुले आर्थिक अवस्था कमजोर र सामाजिक हिसाबमा पछाडि परेका नागरिकलाई छठकाे पुजा गर्न चाेखाे (लुगा) साडी वितरण गरेको मन्त्री सिंहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


मन्त्री सिंहले विगतवर्षहरूमा जस्तै यश वर्ष पनि आफ्नै लगानीमा क्षेत्र बासिलाई कपडा वितरण गरेको बताए ।