जनकपुर,कार्तिक -२२,नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण खाणले आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको बताउदै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए। काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने उनकाे तर्क थियोे ।
सोमबार जनकपुरमा नेपाली कांग्रेस धनुषाले आयाेजना गरेको शुभकामना आदानप्रदान एवम् कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाणले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

कार्यक्रममा बाेल्दै महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले मधेसमा रहेको नागरिकता सम्बन्धि समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जाेडदिए ।

धनुषा जिल्ला उप सभापतिको सन्तोष यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसकाका केन्द्रिय सदस्य आनन्द ढुङ्गाना ,महिन्द्र राय ,फर्मुला मनसुर ,विशिष्ट अतिथिहरू प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री राम सरोज राय , महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश नं. २ का आठै जिल्लाका सभापतिहरूकाे उपस्थिति रहेको थियाे ।