लालबन्दी,कार्तिक—२२,नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले आसन्न नगर अधिवेशन सहमतिकै माध्यमबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल तरूण दल लालबन्दी —१५,को वडा भेलालाई सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले आफु सधै तरूणको साथमा रहेको बताए ।


नेपाल तरूण दल लालबन्दी नगर सभापति शुदेस ढुंगानाको सभापतित्वमा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.१ का क्षेत्रिय सभापति प्रमोद बरालले संगठनलाई बलियो राख्दै समाजलाई सचेत गराउन र भई रहेका भ्रष्टाचार नियन्त्रण गर्न तरूण युवाहरुको महत्त्वपूर्ण भुमिका हुने बताए । उनले तरुण युवाहरुलाई अनुशासित भई अघि बढ्न आग्रह गरे । सभापति बरालले तरुणहरुलाई कम्युनिस्टहरुको स्याल सेना जस्तो समाजमा अराजकता फैलाउने गतिविधिमा नलाग्न आग्रह गरे ।


महासमिति सदस्य एवम् युवा नेता दिपक अधिकारीले बिगतमा तरुण दलले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको स्मरण गर्दै, नेतृत्वको गुटका पछि नलाग्न युवाहरूलाई आग्रह गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्षेत्र नं. १ (ख) का सभापति शेख सहदुल्ला,महासमिति सदस्य कुबेर आचार्य, हरि लुड्डली, सुरेन्द्र कुमार न्यौपाने, हरि गोले,नारायण गुर्मछान मगर नगर सभापति प्रशान्त आचार्य लगाएतका बक्ताहरुले अब बन्दुक देखाएर शासन गर्छु भन्नेको दिन गएको बताउदै,तरुणहरुको सकारात्मक प्रयासले मात्र देश समृद्धहुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य रेखा जोशी,इन्द्र योञ्जन,रामबाबु साह, वडा नं.१७ का वडाध्यक्ष नवराज अधिकारी,नगर कोषाध्यक्ष सनु पाख्रिन, विद्यार्थि नेता युवराज देवकोटा, पम्फा लामा, विबुसिंह थापा,मदन बि.क.वडा सदस्य नरायण अधिकारी, कृष्ण कार्की, कैलाश कार्की, महिला नेतृ शर्मिला थापा,युवा नेता मनोज बखरेल लगाएतको उपस्थिति रहेको थियो ।


भेलाले तरुन दल वडा नं. १५ को सभापतिमा विजय घलानलाई सर्वसहमतिले चयन गरेको छ । वडा समितिका अन्य पदाधिकारीहरुमा उपसभापतिमा अनिल के.सी.,सचिवमा डम्वर बहादुर राना मगर,सह—सचिवमा दिपक कार्की, कोषाध्यक्षमा पाल्साड्ड योन्जन रहेका छन् । त्यस्तै सदस्यहरुमा संजिव गोले,दुर्गा स्याङबो,भुवनजङ्ग थापा,ध्यान बहादुर पाख्रीन, दिनेश भण्डारी,नविन कुमार कार्की,हिमाल गुर्मछान लगाएत २५ सदस्य रहेका छन् ।