कृष्ण थपलिया/ लालबन्दी
कार्तिक-२१,प्रदेश नं. २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले आईतवार (आज) सर्लाहीको नवलपुर र मजुर्वा खेलमैदानकाे निरीक्षण गरेका छन् ।
मन्त्री सिंहले लालबन्दी नगरपालिका वडा न. १ नवलपुर र हरिपुर नगरपालिका नगरपालिका वडा नं. ५ मजुर्वामा रहेको खेलमैदानकाे स्थलगत निरीक्षण गरेका हुन ।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2021/10/pathibhara-add-033.jpg)
दुवै खेलमैदानकाे स्थलगत निरीक्षण गर्दै ,मन्त्री सिंहले स्तराेन्नतीमा अफुले सक्दाे सहयोग गर्ने प्रतिबद्ध व्यक्तगरे ।
मन्त्री सिंहसंगै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,नेपाली कांग्रेसका दिपक अधिकारी,कुबेर आचार्य ,सुरेन्द्र न्याैपाने,इस्किलाल पासवान,रामबाबु साह,सुशील चालिसे लगायतका नेताकार्यकर्ताहरू खेलमैदान पुगेका थिए ।
मन्त्री सिंहलाई नवलपुर र मजुर्वामा रहेकाे कल्वका युवाहरूले खेलमैदानकाे अवस्था बारे जानकारी गराएका थिए ।