प्रतिकात्मक तस्विर ।


मलंगव,कात्तिक- २१,सर्लाहीको मलंगवाबाट चोरिभएको मोटरसाईकल र  चोरलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
मलंगवा -८ स्थित जिल्ला अस्पतालको प्रांगणबाटशनिवार राति करिब पौने ८ बजे रातो रंगको प्यासन प्रो मोटरसाईकल चोरी चाेरिभएकाे थियो ।

मोटरसाईकल र  चोरलाई २ घण्टा भित्रै नियन्त्रणमा लिन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीका अनुसार मोटरसाइकल चोरी भएको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका सबै प्रहरी युनिटलाई खोजतलासमा लगाइकाे थियाे ।

खोजतलास गर्ने  क्रममा मलंगवा वडा न-३ स्थित बिश्वकर्मा चौकमा उक्त  मोटरसाईकल देखिएपछि प्रहरिले रोक्न खोजेको र सो क्रममा मोटरसाईकलले प्रहरीलाई ठक्कर दिई भागेको र प्रहरीले पनि ५०० मिटरसम्म लखेटेर उक्त  मोटरसाईकल र चोरी गर्ने युवकलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा  मलंगवा नगरपालिका वडा न-३ बस्ने १९ बर्षिय बोसिम अन्सारी रहेका छन् । साे क्रममा ड्युटिमा खटिएका प्रहरी जवानको खुट्टामा सामान्य चोट लागेको प्रहरी निरिक्षक गिरीले जानकारी दिए ।
चोरमा संलग्न  अन्सारीलाई  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका  लागि जिप्रका मलंगवामा राखिएको प्रहरीले जनाएको छ।