रौतहट, कात्तिक—१८, कृषि ज्ञान केन्द्र रौतहटका अनुसार १ हजार १ सय ३० हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षेति पुगेको छ । बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्र्याउन बेला भएको धानबालीमा क्षति पुगेको हो ।कात्तिकको पहिलो साता भएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्र्याउन लागिएको धानबालीमा क्षेतिपुगेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।


ज्ञान केन्द्रका अनुसार पानी र हावाहुरीका कारण १ हजार २ हेक्टर जमिनमा धान खेति गरेका किसानले उत्पादन लिन नसक्ने अवस्था सृजना भएको छ । जिल्लामा यस वर्ष ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएको थियो । पानीको र हावाहुरी र कारण ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा क्षति पुगेको ज्ञान केन्द्र रौतहटको तथ्यांकमा उल्लेख छ । रौतहटका किसान यतिखेर सरकारको पूर्व घोषणा अनुरुप राहतको पर्खाइमा छन् ।