लालबन्दी,कार्तिक—१६, प्रदेश सरकार महिला ,बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले जुट्पानी स्थित बृद्धसेवाश्रममा पच्चीस हजार बरावरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
मन्त्री सिंहले पूर्व प्रतिवद्धता अनुसार लालबन्दी नगरपालिका वडा नम्बर –२ जुट्पानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममै पुगेर पच्चीस हजार बरावरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका हुन । उनले नगद पच्चीस हजार बृद्धसेवाश्रको खातामा जम्मा गरेका छन् ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको आवसरमा गरेको प्रतिवद्धता अनुरुप नजिकीदै गरेको दिपावली तथा छठको अवसर पारेर सेवाश्रम सहयोग गरेका हुन ।
मन्त्री सिंहले बृद्धसेवाश्रम परिसरका रहेको अधुरो भवनको अवलोकन गर्दै,भवनको मर्मत सम्भारका लागि तुरुन्तै सात लाख बिनियोजित गर्ने प्रतिवद्धता व्यक्त गरेका आश्रमकी अध्यक्ष भवानी कोईरालाले जानकारी दिईन् ।
मन्त्री सिंहले तत्कालै स्वास्थ्य शिविर राख्न सहयोग गर्ने वचन दिएका अध्यक्ष कोईरालेले बताईन् । मन्त्री सिंहलाई सेवाश्रमका सस्थापक वासु कोईराला अध्यक्ष भवानी कोईरालाले खादा तथा दोसल्ला ओडाएर सम्मान गरेका थिए ।