लालबन्दी,कार्तिक १६–नेपाली कांग्रेस लालबन्दी नगरसमितिले मंगलवार (आज) दिपावली, छठ लगाएत अन्य पर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।कार्यक्रम लालबन्दी– ७ स्थित पार्टी प्यालेसमा सम्पन्न भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामबाबु साहले चियोचर्चाे खबरलाई जानकारी दिए ।
अतिथिहरुको एकमुष्ट आसनग्रहण गराईएको कार्यक्रममा नेपाली कांग्रेसका आमंत्रित केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,क्षेत्रिय सभापति प्रमोद बरालले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा जिल्ला सभापति नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य एवम् प्रदेश नं. २ का प्रमुख सचेतक उपेन्द्र कुसवाह, प्रदेश २ सरकारका महिला ,बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह लगाएत नेपाली कांग्रेसका अन्य नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
लालबन्दी नगर कोषध्यक्ष सानु पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा लालबन्दी नगर सभापति प्रशान्त आचार्यले स्वागत मन्तव्य राखेका थिए । काएक्रममा १००० बढि कांग्रेस नेताकार्यकर्ताको उपस्थिति रहेको नेपाली कांग्रेस लालबन्दी नगरसमितिले जनाएको छ ।
उता नेपाली कांग्रेस हरिवनले पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३० जना नेपाली कांग्रेस प्रवेश गरेका आयोजकले जनाएको छ ।