कृष्ण थपलिया /लालबन्दी,कार्तिक -१६,नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय कार्य समिति सदस्य अजित कुमार पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।
रामनगर गाउँपालिका वार्ड नं ४ निवासी पाण्डेकाे साेमवार राती करिब ९.३० बजे माेटरसाइकल दुर्घटनामा परि निधन भएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ले जनाएको छ ।
पाण्डेकाे निधनले रामनगर गाउँपालिका र नेपाली कांग्रेसले एउटा असल समाजसेवी गुमाएको नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र प्रसाद सिंहले चियाेचर्चाे खबरलाई बाए ।
नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार राय,उपसभापति सुरेन्द्र प्रसाद सिंह,सचिव तथा प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुसवाह,प्रदेश नं. २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह, क्षेत्रीय सभापति रामआश्रय साह,रामनगर गाउँपालिका कि अध्यक्ष लगायत मृतक पाण्डेकाे घरमै पुगेर नेपाली कांग्रेसकाे चारतारे झणडा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनकाे मंगलवार (आज) रामनगर गाउँपालिका स्थित बागमती नदिकाे खयर्वा घाटामा दाहसंस्कार गरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले जनाएको छ ।