सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपाल । (तस्विर : चियोचर्चो खबर)

परवानिपुर, कात्तिक १० – नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले आफुलाई सिंगो नेकपा एमाले ठान्ने वली प्रबृतीलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । अध्यक्ष नेपालले पार्टी नयाँ भएपनि कम्युनिष्ट पार्टीको असल विचार र नीति लिएर आफुहरु अगाडि बडेको बताए ।
बुधवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ र १६ परवानिपुरस्थित बोहोरे डाँडाँमा प्रदेश स्तरिय पुष्पलाल स्मृती पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अब भबिष्य भएको एकमात्र पार्टी नेकपा (एकिकृत समाजवादी) भएको जिकिर गरे ।

अध्यक्ष नेपालले सिधा सोझा जनतालाई ठग्ने चुस्ने नीति लिएका जो कसैलाई नछाडिने चेतावनी समेत दिए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको चाहाना भन्दापनी लम्पसारवादको पछि लागेको बताउदै ओलीकै कारण अबको चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताए ।

पुष्पलालको शालिक अनावरण पछि सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले उन्को योगदानकोे चर्चा गरे । कार्यक्रमको धेरै जसो समय वली प्रति खनिएका उन्ले पार्टीलाई विधी र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी वली को हुन् ? भनेर प्रश्न समेत गरे । नेकपा (एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रमलाई पार्टीका प्रदेश २ अध्यक्ष रामचन्द्र यादव, पार्टीकी नेतृ एवं प्रदेश सभा सदस्य बेची लुङ्गेली लगायतले सम्वोधन गरे ।
कार्यक्रममा पुष्पलाल स्मृति प्रतष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठक र उपाध्यक्ष धनबहादुर मिक्चनले पुष्पलाल स्मृति पार्कको डीपीआर पूर्व प्रधानमन्त्री नेपाललाई हस्तान्तरण गरे । प्रतिष्ठानका जिल्ला सचिव भरत कार्कीले संचालन गरेका कार्यक्रममा पार्टीका जिल्ला सचिव गोविन्द अधिकारीले स्वागत मन्तव्य राखेका थिए । पूर्व प्रधानमन्त्री नेपालले बुधवारनै लालबन्दी नगरपालिका–५, मा प्रदेश सभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कोषबाट बनाइएको महिला आवास गृहको उद्घाटन समेत गरे । मंगलवार बिहान सर्लाही आएका पूर्व प्रधानमन्त्री नेपाल वुधवार अपरान्ह राजधानी काठमाण्डौंँ फर्किएका छन् ।