बरहथवा,कार्तिक १०-नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले महाधिवेशनको जित हारले निर्वाचनमा असर पर्ने बाेरू काँग्रेस झनै बलियो हुने बताएका छन् । उनलेे महाधिवेशन पछि गुट उपगुटकाका कारण निर्वाचनमा पार्टीले पराजय भाेगछ भन्ने परम्परागत सोचा त्याग्न आग्रह गरे ।

आज बिहान सर्लाहीको बरहथवामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता घिमिरेले यस्तो तर्क गरेका हुन् ।
पार्टीको महाधिवेशनमा पराजित हुनेलाई उचित व्यवस्थापन गर्दै अर्को अवसर प्रदान गरेको खण्डमा कसैले पनि प्रतिसोध नसाध्ने र पार्टी अझ मजबुत हुने नेता घिमिरेको भनाइ थियो ।उनले निर्वाचन गराएपछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा आफुहरूलाई स्वीकार्य नहुने बताए ।
१४ औँ महाधिवेशनबाट पार्टीलाई धारिलो बनाई निर्वाचनमा जानुपर्ने उनको तर्क थियोे ।
केन्द्रीय सदस्य समेत रहेका युवा नेता घिमिरेले आफूहरुले पार्टीको नेतृत्व फेर्न चाहेको बताए । पत्रकार सम्मेलनमा पार्टीका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले महाधिवेशनले पार्टीलाई गुटमुक्त गर्दै एकतावद्ध बनाउने विश्वास व्यक्त गरे । उनले बारम्बार एउटै पदमा बस्ने नेताहरुले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पार्टीका केन्द्रीय सदस्य द्वोय घिमिरे र पाण्डेले पत्रकार सम्मेलनअघि आज बिहान बरहथवास्थित काँग्रेस नेता सत्यनारायण यादवको निवासमा पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन समेत गरेका थिए । हिजो पार्टीले हरिपुर नगरपालिका–१, जानकीनगरमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा ३०० भन्दा बढी स्थानीयले नेता घिमिरेकाे हातबाट टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका पूर्व उपसभापति समेत रहेका नेता विनोद खनालले चियाेचर्चाे खबरलाई जानकारी दिए ।