मलंगवा,कार्तिक ८—सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण सर्लाही प्रमुख गंगाराम श्रेष्ठको धमाधम सरुवा भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सीडीओ महतोको ठाउँमा अब बाबुराम खतिवडा सर्लाही आउने छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले एसपी सन्तोष सिंह राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईं र सशस्त्र प्रहरी बलले गंगाराम श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाएको छ । एसपीद्वय राठौर र श्रेष्ठ भने सर्लाहीमा एक वर्षिय कार्यकाल सकेर सरुवाको प्रतिक्षामा थिए ।
प्रमुख जिल्ला अधिकारी महतो भने गएको असार २१ गते मात्र सर्लाही हाजिर भएका हुन । एसपीद्वयको सरुवालाई समय पुगेरै भएको मानेका सर्लाहीका नगरिकले प्रमुख जिल्ला अधिकारी महतोको सरुवालई तस्करको सड्यन्त्र भनेका छन् । प्रजिअ महतोले सर्लाही रहदा छोटो समयमै नागरिकता पाउन महिनौ कुर्नुपर्ने बाध्यताको अन्त्य गरेर एक घण्टामै नागरिकता पाउँने व्यस्ता मिलाउनुकासाथै केहि सुधारका प्रयस समेत गरेको यहाँका नागरिक समाजको बुझाई छ ।
एधपी उनिहरुलाई सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिम्मेवारीबाट हटाईएको हुनसक्ने अनुमान छ । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।