महोत्तरी,कार्तिक ७– महोत्तरीको मनरा शिस्वा नगरपालिका १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका छन् । उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज (आइतवार ) भएको मतगणनामा तत्कालीन समयमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रायले २६८ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ ।

२०७४ असोज २ गते भएको पालिका चुनावमा मनरा शिसवा नगरपालिका को मतगणना भएको थियो । जसको मत परिणामअनुसार स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवैको मत बाझिएपछि गोलाप्रथाबाट अरुण चौधरीलाई निर्वाचित गरिएको थियो ।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट तीन मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । त्यही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र फेरि मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि चौधरी सर्वोच्च पुगेका थिए ।
सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर ग¥यो । त्यसपछि फेरि मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहो¥याएर मतगणना गर्न आजको समय निर्धारण गरिएको थियो । आज भएको मतगणनामा स्वतन्त्र उम्मेदवार राय विजयी भएका हुन ।