नवलपुरमा निर्माण सम्पन्न भएको ग्रिड सवस्टेशन । (चियोचर्चो खबर)

नवलपुर, कात्तिक ६– सर्लाहीको नवलपुरमा निर्माण भएको १३२/३३ केभिए ग्रिड सवस्टेशनबाट आज (शनिवार) देखि मात्रै लाईन जोडिने भएको छ ।
शुक्रवारबाटै टेस्टिङ तथा सञ्चालनको तयारी थियो । तर शुक्रवार एक जना प्राविधिक आउन नसकेका कारण लाइन जोड्नै नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


शुक्रवार ग्रिड सवस्टेशन सञ्चालनका लागि लालबन्दी र हरिवन फिडरको लाईन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काटिने भनिएको थियो । तर प्राविधिक नआएपछि लाईन काटिएन् ।
अब शनिवार लाईन जोड्ने बेला केही मिनेट बत्ती गएपनि त्यसपछि सूचारु हुने प्राविधिकहरुले बताएका छन् । नवलपुर ग्रिड सवस्टेशनबाट सुरुमा लालबन्दी र हरिवन फिडरमा लाईन जोडिने छ ।
निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोडमा चार्ज समेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले बताए ।