हरिवन,कार्तिक ४-नेकपा (एकीकृत समाजबादी) हरिवन नगर कमिटीले केहीदिनदेखि परेको आकस्मिक वेमौसमी वर्षाले बालिनाली पुर्याएकाे क्षेतिकाे विवरण बुझाउन आउनु भन्ने नगरपालिकाद्वारा जारी सूचना प्रति असन्तुष्टि प्रकट गरेकाे छ ।
नगर कमिटी अध्यक्ष चूडामणि वाग्लेले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै ,´बेमौसमी वर्षाले अन्य स्थानमा जस्तै सर्लाहीको हरिवनका कृषकले लगाएकाे वालिनालीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै,तत्काल प्रभावित स्थानमा टोली पठाएर स्थलगत विवरण लिई जतिसक्दो चाडो क्षतिपूर्ति तथा राहतको व्यवस्था मिलाउन आग्रह गरेका छन् ´,। विज्ञप्तिमा किसानहरु चाडवाडमा व्यस्त रहेको वेला वर्षात र डुवानले धान सहितका वालिनाली, तरकारी खेती आदिमा क्षतीपुगेपछि कृषकहरु चिन्तामा रहेको उल्लेख गर्दै,यस्तो बेला हरिवन नगरपालिकाले आफ्नो प्राथमिक दायित्व सम्झदै खेतवारीमा पुगेर क्षतिको विवरण लिई राहत घोषणा गर्नु पर्नेमा क्षतीको विवरण लिएर आउनु भन्दै उल्टै पीडित किसानलाई नै तारिख वोकाएको उल्लेख छ । यस्तो सुचनाले दु:ख परेको वेला आफ्ना जनप्रतिनिधि घर–घर आउने प्रतिक्षामा रहेका किसानलाई थप पीडा भएको विज्ञप्तिमा उल्लेख छ ।यस्तो व्यवस्थाले पहुचवाट टाढा रहेका, वयोवृद्ध, एकल र विपन्न वर्गका अधिकांस किसान राहत पाउन वन्चित हुने निश्चित रहेकाे विज्ञप्तिमा भनिएको छ । " स्थानीय सरकारले किसानहरुलाई तारिख वोकाउने हैन, छिटो छरितो सेवा दिने हो" भनिएको छ ।
प्रभावित स्थानमा टोली पठाएर स्थलगत विवरण लिई जतिसक्दो चाडो क्षतिपूर्ति तथा राहतको व्यवस्था मिलाउन नगरपालिका चुकेको विज्ञप्तिमा उल्लेख छ´ ।विज्ञप्तिमा अव्यवहारिक प्रावधान सच्याउदै नगरपालिकाको ११ वटै वडामा जतिसक्दो चाडो वालिनाली स्थलगत निरीक्षण गरी राहतको व्यवस्था मिलाउन माग गरिएकाे छ ।
विज्ञप्ति मार्फत बाढीपहिरोमा देशभर भएको मानवीय र भौतिक क्षतीप्रति दुःख व्यक्त गर्दै , संघिय सरकार र प्रदेश सरकारले पनि किसान लक्षित राहत कार्यक्रम तत्काल ल्याओस भन्ने माग गरिएकाे छ । विज्ञप्तिमा विकसित राष्ट्रको कारण नेपाल जस्ता देशमा जलवायु परिवर्तनले यस्ता समस्या आएकोले अन्तरराष्ट्रिय क्षेत्रवाट क्षतीपुर्ती भराउन पनि सरकारले प्रभावकारी भूमिका खेलोस भन्ने माग गरिएको छ ।
Home मुख्य समाचार हरिवन नगरपालिकाद्वारा जारी सूचना प्रति नेकपा (एकीकृत समाजबादी) हरिवनकाे असन्तुष्टि