एसपी यादव/सर्लाही, कार्तिक ३ – धानबाली भित्र्याउने बेलामा बेमौसमी वर्षाका कारण खेतमा काटिएका धानबाली पानीमा भिज्नुका साथै पानीको सतह बढेकाले धानबाली डुबानमा समेत परेपछि देशका किसानहरु ठुलो क्षति व्यहोर्न बाध्य भएका छन् ।

भारी वर्षा पछि धानबालीमा भएकाे क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानाएकाे छ ।

प्रदेश सरकारले भएको क्षतिको तथ्यांक संकलन पश्चात् क्षतिपूर्ति उपलब्धताका लागि आवश्यक पहल थाल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।