सर्लाही,असोज २—आइतवारदेखि भएको लगातारको वर्षाका कारण किसानले भित्र्याउनै लागेको धानबालीमा क्षति पुगेको छ । निरन्तरको वर्षाले काटेर झार्ने तयारिमा रहेको धानमा क्षेति पुगेको राजघाटका किसा घनश्याम बलम्पाकी बताउछन् । जिल्लामा ४४ हजार हेक्टर भन्दा धेरै जमिनमा धान खेती हुदै आएको छ । वेमौसमी वर्षाको कारण अगौटे धानमा ठुलो क्षेति पुगेको सर्लाहीका किसानको गुनासो छ ।

उनिहरुका अनुसार अविरल वर्षाका कारण खेतमा काटेर राखेको धान पानीमा तैरन थालेका छन् ।
केहिदिन अघिनै काटको धान भने उम्रनथालेको उनिहरुको भनाई छ । समयमै राम्रो वर्षा भएका कारण यस वर्ष धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुने आफुहरुको अनुमान रहेको भएपनि काटेर भित्र्याउने बेलामा भएको लगातारको वर्षाले धान खेतीमा ठुलो क्षेति पुगेको कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।
अघि पाक्ने जातका धान पाकी सकेको र किसानहरुले काटेका तर उठाउन नपाएका कारण खेत मै छ, ‘अरू काट्न बाँकी छ, । पानीले काटेको धानलाई डुबाएर ठुलो क्षेती पुर्याएको गुनासो किसानहरुले गरेका प्रमुख कुशवाहले बताए । ‘वर्ष भरि खाने अन्न भित्र्याउने बेलामा किसानको विजोग भएको उनको भनाई छ ।
जिल्लाका किसान धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती खेप्न बाध्य थिए । समयमा रासायनिक मल समेत नपाएका यहाँका किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् ।
यस वर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिक टन धान फल्ने कृषी ज्ञानकेन्द्र सर्लाहीको अनुमान छ । यो गत वर्ष भन्दा करिब १० प्रतिशत बढी हो । उत्पादन राम्रो भएपनि पाकेर भित्र्याउने समयमा भएको वर्षाले क्षेति गर्ने भएकाले उत्पादन प्रतिशत घट्न सक्ने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।