धनकाैल,कार्तिक -१,प्रदेश नं. २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले आउने चुनावमा पनि सर्लाही क्षेत्र नं.४ मा नेपाली कांग्रेसनै विजयी हुने ठाेकुवा गरेका छन् । मन्त्री सिंहले विपक्षीकाे दैलाेमा गएर कांग्रेसकाे विरोध गर्नेकाे अब पार्टीमा कुनै काम नरहेकाे तर्क गरे ।धनकाैल गाउँपालिकाद्वारा साेमवार आयाेजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बाेेल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले यस्तो बताएका हुन ।
कार्यक्रम धनकाैल गाउँपालिका का अध्यक्ष राआश्रय साहकाे सभापतित्व सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सिंह धनकाैल गाउँपालिका अध्यक्ष साह,बसबरिया गाउँपालिका अध्यक्ष रामअयाेध्या राय,रामनगर गाउँपालिका अध्यक्ष नितु यादव,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी लगायतका वक्ताहरूले गएका चाड तथा आउदै गरेको चाडपर्वकाे शुभकामना व्यक्त गरेका थिए ।