लालबन्दी,असाेज ३१-पूर्व–पश्चिम राजमार्गस्थित सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा आइतवार (आज) एनएमबी बैंक शाखाकाे शुभारम्भ गरिएको छ । लालबन्दी नगरपालिका–७, स्थित अमात्य कम्प्लेक्समा बैंकको लालबन्दी शाखा शुभारम्भ गरिएको हो ।
पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, जनप्रतिनिधि, विभिन्न दलका नेता, समाजसेवी, नेपाल प्रहरी लगायतको उपस्थितिमा बैंकको शाखा शुभारम्भ गरिएको शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए । बैंकले आजै हरिवन र बरहथवामा पनि आफ्नाे शाखा संचालनमा ल्याएको छ ।