मलंगवा,असाेज ३०-सर्लाहीको मलंगवामा शनिवार (आज) साहित्यिक पुस्तक “साहित्य समाज का दर्पण है ” को लोकार्पण गरिएको छ ।
प्रजातान्त्रिक सेनानी एवम् साहित्यकार हृदयनारायण चौधरीद्वारा लिखित पुस्तककाे कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका पूर्व मन्त्री मातृका प्रसाद यादवले लाेकार्पण गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले
भ्रष्टाचार मुक्त समाज र सुशासनका लागि सबै
नागरिक समाज ,वकील,पत्रकार ,अधिकारकर्मी,
लेखक र विभिन्न दल भित्र रहेका निडर र स्वच्छ
छवि भएका नेता/कार्यकर्ताहरु मिलेर संयुक्तरूप
मा अभियान सञ्चालन गर्नु पर्नेमा जाेड दिएका नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।
जिल्ला समन्वय समिति सभापति मेथुर चाैधरीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिाज्य संघ मलंगवाका अध्यक्ष
बिरेंद्र साह, कौशल सिंह,अजित सिंह,नागरिक समाजका अध्यक्ष उग्रकान्त झा,नेपाल मानवाधिकार संगठनका अध्यक्ष रजनिकान्त झा , कृष्णदेव यादव , रामदेव ठाकुर, मुकेश मिश्रा
शिक्षाप्रेमी रामचन्द्र महताे लगाएको उपस्थिति रहेकाे पत्रकार महासंघ प्रदेश नंं.२ का सचिव अजित कुमार सिंहले जानकारी दिए ।कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीकाे सभाकक्षमा भएको थियाे ।