सर्लाही, असोज २९ – कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको हरिपुर्वामा निजीस्तरबाट सञ्चालनमा आएकाे हस्पिटलकाे शुक्रवार ( आज) उद्घाटन गरेका छन् । नगरपालिकाकाे वडा नं. ५ मा रहेको हरिपुर्वा मोडेल हस्पिटलको मन्त्री यादवले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरल र सुलभ हिसाबले जनतालाई सेवा प्रवाह गर्न हस्पिटल सञ्चालक समितिलाई आग्रह गरे ।

मन्त्री यादव हरिपुर्वामा जनता समाजवादी पार्टीले आयाेजना गरेको विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भएका थिए | 

उद्घाटन समारोह कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य हृदय नरायण राय, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अताउल रहमान, हरिपुर्वा नपाका मेयर सियाराम राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुकाे सहभागीता रहेको जसपा सर्लाहीले जनाएको छ ।