लालबन्दी,असाेज,२९-कमलामाई मिडिया प्रालिले बढा दशैँको अवसरमा आफ्नो शाखा कार्यालय उद्धघाटन गरेको छ । दुधौली नगरपालिका ९ सिन्धुली प्रधान कार्यालय भई करिब २ वर्षदेखि सर्लाहीमा शाखा कार्यालय राखेर सञ्चालनमा आएकाे कम्पनीले बढा दशैँको अवसर पारेर शुक्रवार (आज) आफ्नो शाखा कार्यालयकाे लालबन्दी ६ मा उद्धघाटन गरेको हो ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचवि सुनिल कुमार ठाकुरको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको विशिष्ट आतिथ्यतामा आयोजीत एक कार्यक्रमका वीच कम्पनीले आफ्नो शाखा कार्यालय उद्धघाटन गरिएकाे जनाएको छ ।
अन्याय,अत्याचार,भ्रष्टाचार,घुसपेठ र कालो बजारीका विरुद्ध शसक्त रुपमा प्रस्तुत भई कमला टाईम्स दैनिक पत्रिका,कमलामाईखबर डटकम अनलाई र कमलामाई अनलाईन टिभी सञ्चालन गरि रहेको कम्पनीले निरनतर आफ्नो सेवा सञ्चालन गरि रहेको कम्पनीका अध्यक्ष शंकर पहाडीले बाए ।
कार्यालय उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव ठाकुरले महासंघको तर्फबाट सकेको र सक्ने सहयोग गर्ने बताए ।
ठाकुरले विस्तारै विस्तारै सर्लाहीको बजारमा स्थापित हुदै गएको कम्पनीको भोलीका दिनमा थप सफल हाेस भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि एवम उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले अन्याय,अत्याचार,भ्रष्टाचार,घुसपेठ र कालो बजारी गर्नेहरुको कमलामाई मिडिया प्रालिले डटेर सामना गरेको बताउँदै कमलामाईमिडिया प्रालिका लागि आवश्यक सम्पुर्ण सहयोग गर्न उद्योग बाणिज्य संघ लालबन्दी तयार रहेको बताए । उनले उद्योग बाणिज्य संघ लालबन्दीको मिडिया पार्टनरको रुपमा काम गरि रहेको कम्पनीले गरेको प्रगतिबाट नै उद्योग बाणिज्य संघ लालबन्दी खुसी भएको बताए ।
साथै उनले उद्योग बाणिज्य संघ लालबन्दीको सदस्य समेत रहेको कम्पनीले थप प्रगति गरेको हेर्न चाहेको बताए ।
लालबन्दी नगरपालिका ६ मा आफ्नो शाखा कार्यालय उद्घाटन गरेको कम्पनीले सबैको साथ सहयोग पाएमा सर्लाहीमा हुने अन्याय,अत्याचार,भ्रष्टाचार,घुसपेठ र कालो बजारीका विरुद्ध निर्डर भएर लाग्ने र अन्याय,अत्याचार,भ्रष्टाचार,घुसपेठ र कालो बजारी गर्नेहरुको अन्त्य गर्ने कम्पनीका सञ्चालक शंखर पहाडी(गौरबं)ले बताए ।
कार्यक्रममा बढा दशैँ,दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान समेत गरेको छ ।