मलंगवा – सर्लाहीको विष्णु गाउँपालिकामा पाेखरीमा डुबेर एक जनाको ज्यान गएको छ ।
छिमेकीको मलामी गएका विष्णु गाउँपालिका वडा नं. ६ का २४ वर्षीय धनन्जय कुमार रायको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो । उनि आइतवार साँझ स्थानीय कृष्ण कुमार मिश्रको पोखरीमा नुहाउनेक्रममा डुबेर बेपत्ता भएका थिए ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीका अनुसार सोमवार बिहानै मात्र उनकाे शव फेला परेको हो ।
मृतकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालतर्फ लगिएको छ ।