लालबन्दी,असोज २४—सर्लाहीको लालबन्दीमा नेकपा माओवादी केन्द्र निकट वाईसियलले नगर सम्मेलन सम्पन्न भएको छ । लालबन्दी पार्टी प्यालेसमा भएको सम्मेलनमा राज कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वाईसियलका जिल्ला ईन्चार्ज समिर बराईलीले स्वागत मन्तव्य राखेका थिए । शुक्र लामाको सञ्चालनमा सम्पन्न भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वाईसियलका प्रदेश नं २ संयोजक सन्तोष श्रेष्ठ, नेकपा माओवादीका प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीलगायतले सम्बोधन गरेका थिए ।सम्मेलनलाई सम्बोधन गर्दै बक्तारुले पार्टीले देश र जनताको सेवालाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए । प्रतिगमन तर्फ अघि बढेको देशको राजनितिलाई समाजवाद उन्मुख बनाउन सम्पूर्णको भूमिका रहुनपर्ने उहिरुको धारणा थियो ।
युवा नै देशका कर्णधार रहेको बताउँदै अन्तत ः देश युवाहरुको नै रहेकाले समाज सुधार तथा राजनितिमा युवाहरुको सक्रिय भुमिका रहनुपर्ने बक्ताहरुले बताए ।
आजै ओमराज लामाको अध्यक्षतामा ४१ सदस्यिय वाईसियलको नगर कमिटि गठन गर्दै कार्यक्रमको समापन गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आईतवार बिहान लालबन्दी नगर पार्टी कार्यालयको पनि उद्धघाटन गरेका थिए । लालबन्दी बजारस्थित अम्ब्रेला फुड ल्यान्डको भित्रपट्टि रहेको पार्टी कार्यालयको श्रेष्ठले रिबन काटेर उद्धघाटन गरेका हुन ।
सम्मेलनमा जिल्ला ईन्चार्ज अच्यूतम काफ्ले, केन्द्रीय सदस्य रामकुमार यादव, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पार्टीकी प्रदेश कमिटि सदस्य माया बल, सावित्रा कार्की, वाईसियलका प्रदेश नं २ का ईन्चार्ज शंकर श्रेष्ठ, काठमान्डौँ–सर्लाही सम्पर्क मञ्चका सन्तोष दाहाल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।