हरिवन,असोज २४— नेपाली कांग्रेस हरिवन नगरसमितिको आयोजनामा आईतवार सर्लाहीको हरिवनमा विजया दशमी, दिपावली तथा छठ लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्र सम्पन्न भएको ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जंगीलाल रायको प्रमुख आतिथ्यता एवम् हरिवन नगर सभापति रामशरण उप्रेतीको सभापतित्वमा कार्यक्रम भएको हो ।
हरिवन स्थित सम्राट पार्टी प्यालेसमा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा कांग्रेका आमन्त्रीत केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ,जिल्ला सभापति नाग्रेद राय,उपसभापति सुरेन्द्र प्रसाद सिंह, नेपाली कांग्रेस प्रदेश २ का प्रमुख सचेतक एवम् जिल्ला सचिव उपेन्द्र कुश्वाह, पूर्व उपसभापति बिनोद खनाल, संविधान सभा सदस्य हरेस प्रसाद महतो,नेताहरु रामप्रसाद मैनाली,कपिलमुनी मैनाली,दिपक अधिकारी, महिला नेतृ सोनी कुमारी वम्जम लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगाएतका बक्ताहरुले फुटेर हैन जुटेर पार्टिलाई बलियो बनाउदै अघि बढ्नु पर्ने जोडदिएका नेपाली कांग्रेस हरिवन नगर सचिव निरोज कार्कीले जानकारी दिए । कार्यक्रममा लालबन्दी,बागमती बरहथपा, हरिपुर ,मलंगवा लगायत स्थानका कांग्रेसका नेता कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।